Kathmandu Press

पूर्वमाओवादी नेताको रिटमाथि न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ

सांसद पदमा पुनर्बहाली माग गर्दै चारजना पूर्वमाओवादी नेताले दायर गरेको रिटमाथि शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ तोकिएको छ।
पूर्वमाओवादी नेताको रिटमाथि न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ

काठमाडौं, साउन १५ : सांसद पदमा पुनर्बहाली माग गर्दै चारजना पूर्वमाओवादी नेताले दायर गरेको रिटमाथि शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ तोकिएको छ ।

बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेशी तोकिएकामा ‘हेर्न नभ्याइने’मा परेको थियो । शुक्रबार न्यायाधीश भट्टराईको इजलासमा पेशी तोकिएको छ ।

माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले गत बुधबार पुनर्बहाली माग गर्दै रिट दर्ता गरेका थिए । आफूहरूले एमालेको सदस्यता नलिएकाले माओवादी केन्द्रमै रहेको जिकिर उनीहरूको छ ।

प्रकाशित मिति: ११:३१ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्