Kathmandu Press

क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक

क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमाथि छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दैछ।
क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक

काठमाडौं, साउन १५ : क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमाथि छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दैछ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

समितिले बिहीबारको पदाधिकारी बैठकमा आफ्नो अन्तिम प्रतिवेदन बुझाएको थियो । शीर्ष नेताहरूले पाँच दिनभित्र क्रियाशील सदस्यतामा देखिएका विवाद हल समाधान गर्ने बताएका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो ।

सप्तरी, बारा, धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवालगायत जिल्लामा क्रियाशील सदस्यताबारेको विवाद समाधान हुन बाँकी छ । क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा वडा तहको अधिवेशन स्थगित भएको छ ।

प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्