Kathmandu Press

सरकारका प्रवक्ता बाँस्कोटाले भने–भारतीय दूतावासको पत्रलाई अन्यथा लिनुहुन्न

काठमाडौं, असार २४ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्न भारतीय द....

सरकारका प्रवक्ता बाँस्कोटाले भने–भारतीय दूतावासको पत्रलाई अन्यथा लिनुहुन्न

काठमाडौं, असार २४ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पठाएको पत्रबारे अन्यथा लिन नपर्ने बताएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भारतीय दूतावासले सरकारलाई पत्र पठाइएकोबारे अन्यथा लिन नहुने बताएका हुन्।

दुई देशका सरकारबीच पत्रहरु आदानप्रदान हुनु सामान्य भएको मन्त्री बाँस्कोटाले बताए। उनले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो चासो र सरोकारका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविकै रहेको लिएको बताए।

‘सरकारका बीचमा पत्रहरु आउने, जाने गर्छन्, त्यसमा आ–आफ्नो सरोकारका विषयहरु पनि हुन सक्छन्,’ मन्त्री बाँस्कोटाले भने,‘ त्यसलाई अन्यथा लिनु हुँदैन।’

उनले दुई देशका सीमा जोडिएको र उत्पादनहरु आदानप्रदान हुने भएकाले त्यस्ता पत्र आदानप्रदान हुनु ठूलो कुरा नभएको बताए। मन्त्री बाँस्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषादी  परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भिर रहेको पनि बताए। 

उनले नागरिकको अधिकारसँग जोडिएका विषयमा सरकार गम्भिर रहेकाले समस्या समाधानका आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको बताए।
 

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, असार २४, २०७६