Kathmandu Press

ललितपुरमा ४५ वर्षभन्दा माथिकालाई खोप लगाइँदै

काठमाडौं, साउन १५ : ललितपुर महामनगरपालिकाले आजदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई...
ललितपुरमा ४५ वर्षभन्दा माथिकालाई खोप लगाइँदै

काठमाडौं, साउन १५ : ललितपुर महामनगरपालिकाले आजदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गतेसम्म खोप लगाउने जनाएको छ। उनीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो।

महानगरले सूचना प्रकाशित गरी खोप अभियान तीन दिनसम्म चल्ने जनाएको छ। यसका लागि महानगरका २९ वटै वडामा खोप केन्द्र राखिएको छ।

यससँगै साउन १८ गते जोनसन एन्ड जोनसन खोप लगाउने कार्यक्रम रहेको महानगरले जनाएको छ।

प्रकाशित मिति: ०८:०४ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्