Kathmandu Press

सरस्वती पनि पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौं, साउन १५ : टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी सबै खेलाडी बाहिरिएका छन्।आज बिहान भएको खेलमा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पनि पहिलो चरणबाटै...
सरस्वती पनि पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौं, साउन १५ : टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी सबै खेलाडी बाहिरिएका छन्।

आज बिहान भएको खेलमा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पनि पहिलो चरणबाटै बाहिरिएकी छिन्। महिलाको एक सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वतीले निर्धारित दुरी १२.९१ सेकेन्डमा पूरा गरिन्।

सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन्। यससँगै उनी पनि प्रतियोगिताबाट बाहिरिएकी छिन्।

ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सबै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्।

 

प्रकाशित मिति: ०६:४६ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्