एमाले सङ्गठित भएर अघि बढ्छ : गुरुङ
पोखरा, साउन १५ : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका...
पोखरा, साउन १५ : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन्।
मदन भण्डारी फाउन्डेसन कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने बताए। 'पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,' उनले भने, 'पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ।'
एमाले केन्द्रीय सचिवसमेत रहेका गुरुङले आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्ने बताए।
एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशका पूर्वमन्त्री किरण गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुको विकल्प नभएको बताए।











