Kathmandu Press

बाढीपहिरो प्रभावित ठाउँमा प्राविधिकसहित राहत टोली खटाउन निर्देशन

काठमाडौं, साउन १५ : गृहमन्त्री बालकृष्ण खाणले बाढी र पहिरो प्रभावित जिल्लामा प्राविधिकसहित राहत टोली खटाउन निर्देशन दिएका छन्।गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद...
बाढीपहिरो प्रभावित ठाउँमा प्राविधिकसहित राहत टोली खटाउन निर्देशन

काठमाडौं, साउन १५ : गृहमन्त्री बालकृष्ण खाणले बाढी र पहिरो प्रभावित जिल्लामा प्राविधिकसहित राहत टोली खटाउन निर्देशन दिएका छन्।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई बाढी र पहिरो प्रभावित जिल्लामा प्राविधिकसहित राहत टोली खटाउन गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।

विशेष गरेर सिन्धुपाल्चोक, मनाङ, गोरखालगायत बाढी र पहिरोबाट प्रभावित ठाउँमा सहज रूपमा राहत पुर्‍याउनु पर्नेमा उनको जोड थियो।

सिन्धुपाल्चोक र मनाङमा बाढी र पहिरोले सडक र गोरखामा पैदल मार्ग भत्किएको छ। त्यहाँ आवतजावत रोकिएको छ। त्यसैले, ति जिल्लामा हेलिकप्टरमार्फत राहत सामग्री पठाउन निर्देशन दिएका छन्।

यससँगै स्थलगत अवलोकन गरी क्षतिको अध्ययन प्रतिवेदन पेश गर्न पनि गृहमन्त्री खाडले भनेका छन्। त्यसका लागि मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ०६:३१ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्