Kathmandu Press

सिसिएमसीमा विद्यालय खोल्न दिनेबारे छलफल

काठमाडौं, साउन १४ : देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा छलफल भएको छ।बिहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको...
सिसिएमसीमा विद्यालय खोल्न दिनेबारे छलफल

काठमाडौं, साउन १४ : देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा छलफल भएको छ।

बिहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा यस विषयमा छलफल भएको हो ।

छलफल भएपनि कुनै सहमति भने नभएको बताईएको छ । बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्साल, प्याब्सन, एनप्याब्सन लगायतका पदाधिकारीहरू सहभागी थिए।

छलफल भएको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र सोहीअनुरूप निर्णय लिइनेछ।
 

प्रकाशित मिति: १९:०५ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्