एमाले अध्यक्ष ओलीले अब बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयमा गर्ने
काठमाडौं, साउन १४ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाट गर्ने भएका...
काठमाडौं, साउन १४ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाट गर्ने भएका छन् ।
ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका हुन् । बिहीबार ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए।
प्रधानमन्त्री रहँदा भने उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका थिए। अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुनेबताईएको छ ।
अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उनी सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेकोले पार्टी कार्यालयबाटै गर्न लागिएको हो ।
प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











