Kathmandu Press

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझायो, बाँकी काम शीर्ष तहबाट

रमेश लेखकको संयोजकत्वमा गठित कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ। टुंगिन बाँकी विवाद समाधान शीर्ष नेताबाट हुने गरी समितिले प्रतिवेदन बुझाएको हो।
कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझायो, बाँकी काम शीर्ष तहबाट

काठमाडौं, साउन १४ : नेता रमेश लेखकको संयोजकत्वमा गठित कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ । टुंगिन बाँकी विवाद समाधान शीर्ष नेताबाट हुने गरी समितिले प्रतिवेदन बुझाएको हो ।

सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकमा समितिले बुझाएको हो। समितिका अनुसार करिब एक सयवटा वडामा क्रियाशील सदस्यताबारे विवाद कायम छ । देशभर ६ हजार सात सय ४३ वडा छन् । ती सबैको विवाद समाधान गर्ने जिम्मा समितिले शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । विवाद रहेका वडाको नयाँ र समायोजित क्रियाशील सदस्यता स्थगित गरिएको छ । र, पुराना क्रियाशील सदस्यता नवीकरण गरिएको छ ।

सप्तरी, बारा, रसुवा र सिन्धुपाल्चोकमा रहेको विवाद समाधान शीर्ष तहबाटै खोजिने भएको छ ।

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्