Kathmandu Press

सभामुख र गृहमन्त्रीबीच  विधेयक अघि बढाउने र विपद व्यवस्थापनबारे छलफल

काठमाडौं, साउन १४ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ।आज (बिहीबार) सिंहदरबास्थित सभामुखको कार्यकक्षमै भएको उक्त भेटमा चालु...
सभामुख र गृहमन्त्रीबीच  विधेयक अघि बढाउने र विपद व्यवस्थापनबारे छलफल

काठमाडौं, साउन १४ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ।

आज (बिहीबार) सिंहदरबास्थित सभामुखको कार्यकक्षमै भएको उक्त भेटमा चालु अधिवेशनमा विधेयकहरू अघि बढाउने, विपद् व्यवस्थापनमा सरकारको याजना लगायत विषयमा छलफल भएको थियो।

भेटमा बाढीपहिरोका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनमा सरकारबाट भइरहेका प्रयासबारे पनि छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छुट्टै युनिट बनाएर विस्थापितको पुनस्स्थापना गर्ने कार्य अघि बढाइएको गृहमन्त्री खाँणले जानकारी दिए।

सरकारले हालसालै बाढीपहिरोको ठूलो चपेटामा परेका मनाङ र सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्