Kathmandu Press

मौद्रिक नीति आउन ढिलाइ हुनुमा मेरो कुनै हात छैन : अर्थमन्त्री शर्मा

काठमाडौं, साउन १४ : अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/७९  का लागि नेपाल राष्ट्र बैंकबाट ल्याइने मौद्रिक नीति आउन ढिलाइ हुनुमा आफ्नो...
मौद्रिक नीति आउन ढिलाइ हुनुमा मेरो कुनै हात छैन : अर्थमन्त्री शर्मा

काठमाडौं, साउन १४ : अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/७९  का लागि नेपाल राष्ट्र बैंकबाट ल्याइने मौद्रिक नीति आउन ढिलाइ हुनुमा आफ्नो कुनै हात नरहेको स्पष्ट पारेका छन्। 

आज (बिहीबार) नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलमा बोल्दै उनले अर्थतन्त्रमा नकारात्मक प्रभाव नपरोस् भनेर गभर्नरलाई केही सुझाव भने दिएको बताए।

मौद्रिक नीति आउन ढिलाइ हुनुको कारण अर्थमन्त्री भएको कुरा आइरहेका बेला उनले आफ्नो कारणले त्यसो नभएको स्पष्टीकरण दिएका हुन्। राष्ट्र बैंक आफैंमा स्वायत्त संस्था भएकाले मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंककै भएको उनको भनाइ थियो।

राष्ट्र बैंकले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रमलाई समेत सहज हुने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो साता नै सार्वजनिक गर्ने गरी तयारी भए पनि सरकार परिवर्तन भएपछि त्यसमा ढिलाइ भएको बतायएको छ।

प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्