Kathmandu Press

बालबालिकालाई कोरोनाबाट जोगाउने तयारीमा लाग्‍न संसदीय समितिको निर्देशन

काठमाडौं, साउन १४ : प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोना महामारीको सम्भावित तेस्रो लहरसँग लड्ने र विशेषगरी बालबालिकालाई कोरोनाबाट जोगाउने तयारीमा लाग्‍न सरकारलाई निर्देशन...
बालबालिकालाई कोरोनाबाट जोगाउने तयारीमा लाग्‍न संसदीय समितिको निर्देशन

काठमाडौं, साउन १४ : प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोना महामारीको सम्भावित तेस्रो लहरसँग लड्ने र विशेषगरी बालबालिकालाई कोरोनाबाट जोगाउने तयारीमा लाग्‍न सरकारलाई निर्देशन दिएको छ। 

सिंहदरबारमा आज (बिहीबार) बसेको बैठकले महामारीसँग लड्न आवश्यक भौतिक संरचना तथा उपकरण, कोरोनाविरुद्धको खोप लगायतको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन्।

धेरै मुलुकले बालबालिकालाई सोत कोरोना खोप दिइसकेको उदाहरण दिँदै उनले नेपालमा पनि बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न, बालबालिका विशेषज्ञ चिकित्सकको उचित व्यवस्थापन मिलाउन र स्थानीय तहमासमेत महिला तथा बालबालिकामैत्री क्‍वारेन्टिन बनाउन निर्देशन दिइएको बताइन्।

सभापति पालले कोरोना संक्रमित बालबालिकाको उपचारमा कुनै कमी हुन नदिन र कोभिडका कारण अनाथ हुन पुगेका बालबालिकाहरुलाई अनिवार्य रुपमा संरक्षण र व्यवस्थापन गर्न मन्त्रिपरिषद्को कार्यालय तथा स्वास्थ्य मन्त्रालयलाइ निर्देशन दिइएको बताइन्।

समितिका सदस्यहरूले पनि सम्भावित तेस्रो लहरुबाट बालबालिकाबाट जोगाउन सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिए।

बैठकमा बोल्दै राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले हालसम्म नेपालमा ५४ हजार ४ सय ६० बालबालिकामा कोरोना संक्रमण देखिएको बताए। 

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्