Kathmandu Press

माओवादी केन्द्रका चार पूर्वनेताको रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं, साउन १४ : माओवादी केन्द्रका चार पूर्वनेताहरूले प्रतिनिधिसभा सदस्य पदमा पुनर्बहाली माग गर्दै दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ।सुनुवाइका लागि...
माओवादी केन्द्रका चार पूर्वनेताको रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं, साउन १४ : माओवादी केन्द्रका चार पूर्वनेताहरूले प्रतिनिधिसभा सदस्य पदमा पुनर्बहाली माग गर्दै दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ।

सुनुवाइका लागि आज (बिहीबार) न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो।

तत्कालीन नेकपा खारेजीपछि एमालेतिर लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

एमालेतिर लागेपछि उनीहरूलाई कारबाही गर्दै माओवादी केन्द्रले चैत २६ मा सांसदबाट बर्खास्त गरेको थियो । परमादेशबाट सांसद पदमा पुनर्बहाली गर्न उनीहरूले माग गरेका छन्।

आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले २३ असारको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको उनीहरूको जिकिर छ।

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्