जसपाद्वारा लुम्बिनीका तीन सांसद निलम्बन गर्न प्रदेशसभा सचिवालयमा सूचना दर्ता
पार्टी ह्विप उल्लंघन गरेको भन्दै उनीहरुलाई गत जेठ ३० गते पार्टीले स्पष्टीकरण सोधेको थियो। जवाफ दिए पनि चित्तबुझ्दो नभएको भन्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरिएको प्रदेशसभा सचिवालयमा पाठाएको पत्रमा उल्लेख छ।
बुटवल, साउन १४ : जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन सांसदलाई निष्कासनका लागि सूचना दर्ता गराएको छ।
सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले जनाएको छ।
पार्टी ह्विप उल्लंघन गरेको भन्दै उनीहरुलाई गत जेठ ३० गते पार्टीले स्पष्टीकरण सोधेको थियो। जवाफ दिए पनि चित्तबुझ्दो नभएको भन्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरिएको प्रदेशसभा सचिवालयमा पाठाएको पत्रमा उल्लेख छ।
पार्टीको निर्देशनविपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए। कारबाहीमा परेका तीनजनाबाहेक सुमन शर्मा रायमाझीले पनि ह्विप उल्लंघन गरेकी थिइन्।
तर उनले सरकारबाट राजीनामा दिएर पार्टी निर्देशनअनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको बताइएको छ।
हेर्नुहोस् पत्र