Kathmandu Press

युनेस्कोले हनुमानढोका दरबार क्षेत्रको जगन्नाथ र गोपीनाथ मन्दिर पुनर्निर्माणबाट हात झिक्यो

काठमाडौं, असार २४ : युनेस्कोले विश्वसम्पदा स्थल हुनमानढोका दरबार क्षेत्रमा रहेका जगन्नाथ र गोपीनाथ (श्रीकृष्ण महाविष्णु) मन्दिर पुनर्निर्माणबाट ह....

युनेस्कोले हनुमानढोका दरबार क्षेत्रको जगन्नाथ र गोपीनाथ मन्दिर पुनर्निर्माणबाट हात झिक्यो
युनेस्को

काठमाडौं, असार २४ : युनेस्कोले विश्वसम्पदा स्थल हुनमानढोका दरबार क्षेत्रमा रहेका जगन्नाथ र गोपीनाथ (श्रीकृष्ण महाविष्णु) मन्दिर पुनर्निर्माणबाट हात झिकेको छ।

स्थानीय बासिन्दाको विरोध खेप्न नसकेपछि युनेस्कोले जगन्नाथ र गोपीनाथ मन्दिर पुनर्निर्माणबाट पछि हट्ने निर्णय गरेको हो। युनेस्कोले आज प्रेस विज्ञप्ती जारी गर्दै त्यसको पनुर्निर्माणबाट फिर्ता हुनुपरेको जनाएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘भूकम्पपश्चात नेपालका निर्मित सम्पदाहरूलाई संरक्षणका अन्तर्राष्ट्रिय सिद्धान्त एवं मापदण्ड अनुसार पुनःस्थापना गर्ने कार्यमा सरकारलाई सघाउने विस्तृत कार्यको एउटा हिस्साका रूपमा काठमाडौं उपत्यका विश्वसम्पदा स्थलभित्र सञ्चालित दुई यी दुई महत्वपूर्ण मन्दिरहरूको पुनःस्थापना परियोजनाबाट पछि हट्हट्नु पर्दा युनेस्को कामठाडौं कार्यालय अत्यन्तै दुःखी छ।’

हनुमानढोका दरबार क्षेत्रमा रहेको जगन्नाथ मन्दिर।

युनेस्कोले यि दुवै मन्दिर पुरातत्व विभागसँगको साझेदारीमा पुनर्निर्माणमा सघाउदै आएको थियो। यसमा जापान सरकार र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आर्थिक सहयोग गरेको थियो।

यि भवनहरुको आंशिक भागमा मात्रै क्षति पुगेकाले रेट्रोफिटिङ गर्ने कार्य जटिल बनेको थियो। गोपीनाथ मन्दिरको भूईतलाका पर्खालहरुको मर्मत गर्ने क्रममा भवनको मसम्पूर्ण संरचनालाई नै टेको लगाउनु परेको युनेस्कोले जनाएको छ।

यसको पुनर्निर्माणलाई बलियो बनाउन खोजेको युनेस्कोले जनाएको छ। ‘युनेस्कोले तयार पारेको डिजाइनले मौलिक संरचना र त्यसमा प्रयोग गरिएका सामाग्रीहरूलाई संरक्षण गर्नुका साथै यी दुवै मन्दिरहरूलाई भविष्यमा आउन सक्ने भूकम्पले समेत असर पार्न नसक्ने गरी बलियो बनाउन खोजेको थियो,’ विज्ञप्तीमा भनिएको छ।

तर, स्थानीय बासिन्दाले यसमा अवरोध गरेको युनेस्कोले जनाएको छ। युनेस्कोले भनेको छ, ‘अन्तर्राष्ट्रिय सहायताको सट्टा आफ्नै स्थानीय आर्थिक स्रोतमा मन्दिरहरू पुनःस्थापना गर्ने केही स्थानीय समुदायहरूको इच्छालाई दर्शादै दिइएको दवावका कारण २३ डिसेम्बरमा उक्त पुनःस्थापना कार्य रोकिएको थियो।’

त्यसपछि संस्कृति पयृ६न तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सरोकारवाला निकायसँगको छलफल पछि १५ मेदेखि पुनः काम सुरू गरिएको थियो।

तर, फेरि स्थानीय बासिन्दाले धम्क्याउन थालेकाले पछि हट्नु परेको युनेस्कोले जनाएको छ। ‘तर, केही दिनपछि कार्यस्थलमा काम गर्ने पुनःस्थापनाकर्मीहरूलाई धम्क्याउन थालिएपछि उक्त परियोजना बन्द गर्नु परेको’ युनेस्कोले विज्ञप्तीमा जनाएको छ। यससँग सम्बन्धित सबै कागजातहरू पुरातत्व विभागलाई हस्तान्तरण गरेको युनेस्को काठमाडौं कार्यालयले जनाएको छ।

तथापि, युनेस्कोले काठमाडौं उपत्यकाका खतराको सूचिमा रहेका विश्वसम्पदाहरूलाई खतराको सूचिमा भने नराख्ने निर्णय गरेको छ। अजरवैजानको बाकूमा चलिरहेको विश्व सम्पदा समितिको बैठकले त्यसका लागि एक वर्ष समय थपेको जनाएको छ। ‘सुधार गर्न थप एक वर्षको समय प्रदान गर्दै समितिले काठमाडौं उपत्यकाका खतराको सूचिमा भएका विश्व सम्पदाहरूमा सूचिकृत नगर्ने निर्णय गरेको छ,’ युनेस्कोले भनेको छ।

नेपालको सांस्कृतिक सम्पदा स्थलहरुको पुनःस्थापना एवं संरक्षणमा सहयोग पु¥याउने कार्यमा युनेस्को सदा तत्पर रहने जनाएको छ।

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्