Kathmandu Press

अर्थमन्त्री र स्वास्थ्य राज्यमन्त्रीबीच छलफल : असोजभित्र खोप लगाइसक्ने तालिका बनाऔं

काठमाडौं, साउन १४ : अर्थमन्त्री जनार्दन शर्मा र स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठबीच कोरोना खोप तालिका संशोधनबारे छलफल भएको छ।आज (बुधबार) अर्थ मन्त्रालयमा भएको...
अर्थमन्त्री र स्वास्थ्य राज्यमन्त्रीबीच छलफल : असोजभित्र खोप लगाइसक्ने तालिका बनाऔं

काठमाडौं, साउन १४ : अर्थमन्त्री जनार्दन शर्मा र स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठबीच कोरोना खोप तालिका संशोधनबारे छलफल भएको छ।

आज (बुधबार) अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठलाई  गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरे।

त्यसका लागि जुन देशबाट खोप खरिद गर्न सकिन्छ, ती देशसँग अहोरात्र वार्ता गरी चाँडोभन्दा चाँडो खोप खरिद गर्न अघि बढाउन उनको आग्रह थियो। 

खोप खरिदका लागि बजेटको कमी हुन नदिने विश्वास पनि उनले दिलाए।

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएको उल्लेख गर्दै मन्त्री शर्माले विकास निर्माणका लागि विनियोजित बजेटसमेत रकमान्तर गरेरै खोप खरिदमा लगाउन तयार हुनुपर्ने उनको भनाइ थियो। प्राप्त खोपसमेत लक्षित समुदायलाई लगाइदिन ढिलाइ भइरहेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि सबै व्यवस्था मिलाइसकिएको बताए।  उनले आवश्यक परेको खण्डमा आपूर्ति तालिका संशोधन गरिने बताए। प्राप्त खोप लगाउन कार्ययोजना बनाइसकिएकाले अब योजनाबद्ध रुपले खोप कार्यक्रमले गति लिने उनको भनाइ थियो।

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्