Kathmandu Press

बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल

काठमाडौं, साउन १४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याएकी छन्। नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान...
बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल

काठमाडौं, साउन १४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याएकी छन्। नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन्।

अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक छ भनिन्। उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यकरहेकामा जोड दिइन्। 

मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय घाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी छ भनिन्।
 

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्