Kathmandu Press

चार पूर्वमाओवादी नेताहरूको रिट न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै

चार पूर्वमाओवादी नेताहरूले सांसद पदमा पुनर्बहाली माग गर्दै दायर गरेको रिटमाथि बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदैछ।
चार पूर्वमाओवादी नेताहरूको रिट न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं, साउन १४ : चार पूर्वमाओवादी नेताहरूले सांसद पदमा पुनर्बहाली माग गर्दै दायर गरेको रिटमाथि बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदैछ ।

तत्कालीन नेकपा खारेजीपछि एमालेतिर लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

एमालेतिर लागेपछि उनीहरूलाई कारवाही गर्दै माओवादी केन्द्रले २६चैतमा सांसदबाट बर्खास्त गरेको थियो । परमादेशबाट सांसद पदमा पुनर्बहाली गर्न उनीहरूले माग गरेका छन्।

आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले २३ असारको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको उनीहरूको जिकिर छ ।

यस्तै, माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदहरू दधिराम न्यौपानेको रिटमाथि पनि न्यायाधीश कार्कीकै इजलासमा सुनुवाइ हुने कार्यसूची छ । पार्टी परित्याग गरेपछि उनलाई पनि माओवादी केन्द्रले कारवाही गर्दै सांसदबाट हटाएको थियो । पुनर्बहाली माग गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका छन् ।
 

प्रकाशित मिति: ११:२७ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्