Kathmandu Press

शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा सत्ता गठबन्धनका नेताहरू

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।
शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा सत्ता गठबन्धनका नेताहरू

काठमाडौं, साउन १४ : प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।

बिहीबार बिहान गठबन्धनमा सहभागी पाँच दलका शीर्ष नेताहरूबीच छलफल हुने तय भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक बस्‍न सकेन। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्वनाथ पौडेल र सदस्यहरू रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई सपथ ग्रहणलगायत कार्यक्रम रहेका कारण बैठक सरेको हो।

पाँच दलीय गठबन्धनका नेताहरू मन्त्रिपरिषद्ले पूर्णता दिन लागिपरेका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी छ।

शुक्रबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी सबै दलले तयारी गरिरहेका छन्। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनको साझा कार्यक्रम ल्याउने विषयमा बिहीबार बिहान छलफल भएको छ।
 

प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्