Kathmandu Press

काठमाडौंमा ५० वर्षमाथिका नागरिकलाई खोप लगाइँदै

काठमाडौं, साउन १४ : आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षभन्दा माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप भेरोसेल लगाइने भएको छ।यसअघि छुटेका ५० वर्षभन्दामाथिका नागरिकलाई खोप...
काठमाडौंमा ५० वर्षमाथिका नागरिकलाई खोप लगाइँदै

काठमाडौं, साउन १४ : आजदेखि काठमाडौंमा ५० वर्षभन्दा माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप भेरोसेल लगाइने भएको छ।

यसअघि छुटेका ५० वर्षभन्दामाथिका नागरिकलाई खोप लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिकसँगै प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेलाई पनि भेरोसेलको पहिलो डोज लगाइनेछ।

५० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउन काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ। खोप केन्द्रमा आएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ।

त्यस्तै, अत्यावश्यक सेवाका व्यक्तिका लागि सामाखुशीस्थित राधास्वामी आइसोलेशन सेन्टर, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुने भएको छ।

खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्रसहित बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ।

अहिले देशभर भेरोसेलसँगै जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै छ। भेरोसेल दुई डोज लगाउनुपर्छ भने जोन्सन एन्ड जोन्सन खोप एक डोज लगाए पुग्छ।

प्रकाशित मिति: ०७:१० बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्