ओलम्पिक पुरुष फुटबल : स्पेन र जापान क्वार्टरफाइनलमा, दाबेदार अर्जेन्टिना र फ्रान्स बाहिरिए
काठमाडौं, साउन १३ : टोकियो ओलम्पिकको पुरुष फुटबलमा जापन र स्पेन क्वार्टरफाइनलमा पुगेका छन् । जापन समूह ए र स्पेन समूह सीको विजेताका...
काठमाडौं, साउन १३ : टोकियो ओलम्पिकको पुरुष फुटबलमा जापन र स्पेन क्वार्टरफाइनलमा पुगेका छन् । जापन समूह ए र स्पेन समूह सीको विजेताका रुपमा क्वार्टरफानल पुगेको हो।
समूह एको खेलमा जापानले लागतार तेस्रो जित निकाल्ने क्रममा फ्रान्समाथि ४–०को सहज जित निकाल्यो । जापनका लागि टाकेफुसा कुबो, कोजी मियोसी, डाइजेन माइडा र हिरोकी सकाइले गोल गरे। जापानले दुवै हाफमा समान २ गोल गरेको थियो। जापानसँग पराजित भएपछि फ्रान्स समूह चरणबाटै बाहिरिएको छ।
यसैगरी समूहको अन्तिम खेलमा स्पेनसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना पनि समूह चरणबाटै बाहिरियो । बुधबार साँझ भएको समूह सीको अन्तिम खेलमा स्पेनसँग १–१ गोलको बराबरीमा रोकियो । खेलमा स्पेनका लागि मिकेल मेरिनोले ६६औं मिनेटमा गोल गरेका थिए भने अर्जेन्टिनाका टोमस बेल्मोन्टले ८७औं मिनेटमा गोल गरेका थिए।
यस्तै, समूह सीकै अर्को खेलमा अस्ट्रेलियालाई २–०ले हराउँदै इजिप्टले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। इजिप्टको जितमा अहमद यासेर रायनले ४३ र अमार हामदीले ८४ औं मिनेटमा गोल गरेका थिए।
यसैगरी समूह एकै अर्को खेलमा अस्ट्रेलियालाई ३–०ले हराउँदै मेक्सिको पनि क्वार्टरफाइनल पुगेको छ। मेक्सिकोको जितमा अर्नेस्टो भेगा, हेनरी मार्टिन र लुइस रोमोले गोल गरेका थिए।
समूह सी बाट ५ अंकसहित स्पेन विजेता बन्यो भने इजिप्ट ४ अंकसहित दोस्रो बन्यो। अर्जेन्टिनाको पनि ४ अंक नै भएपनि उ तेस्रो भयो। समूह एमा ९ अंकसहित जापान शीर्ष स्थानमा रह्यो भने मेक्सिको ६ अंक जोड्दै दोस्रो भयो। फ्रान्स ३ अंक जोड्दै तेस्रो भयो ।











