Kathmandu Press

आज राति तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज राति तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १३ : अहिले देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि बर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखका अनुसार प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना  छ।

साथै यस क्रममा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्