सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान साढे ८ बजे बस्ने
सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान साढे ८ बजेका लागि सरेको छ।
काठमाडौं, साउन १३ : सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान साढे ८ बजेका लागि सरेको छ ।
बुधबार साँझ ६बजेका लागि तय भएको बैठक नवनियुक्त प्रदेश प्रमुखहरूको सपथ ग्रहणलगायत कार्यव्यस्तताका कारण भोलि बिहानलाई सारिएको हो ।
गठबन्धनमा ‘पावर सेयरिङ’को विषय टुंग्याएर मन्त्रिमण्डलको विस्तारका लागि शीर्ष नेताहरूको बैठक भोलि बिहान बस्न लागेको हो । सकेसम्म चाँडो मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा शीर्ष नेताहरू छन् ।
बुधबार बिहान पनि सत्ता गठबन्धनका नेताहरूले ‘पावर सेयरिङ’, मन्त्रिरिषद् विस्तारलगायत विषयमा छलफल गरेका थिए ।
प्रकाशित मिति: १९:३० बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











