रेशमलाल चौधरी जसपा केन्द्रीय कार्यकारिणी सदस्यमा अनुमोदित
जसपाले निलम्बित सांसद रेशमलाल चौधरीलाई पार्टी केन्द्रीय कार्यकारिणी सदस्यमा अनुमोदन गरेको छ।
काठमाडौं, साउन १३ : जसपाले निलम्बित सांसद रेशमलाल चौधरीलाई पार्टी केन्द्रीय कार्यकारिणी सदस्यमा अनुमोदन गरेको छ ।
उनीसँग बुधबार भएको टेलिफोन वार्तामा आधारित रहेर केन्द्रीय कार्यकारिणी सदस्यमा अनुमोदन गरिएको जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले काठमाडौं प्रेसलाई जानकारी दिए । चौधरीले निर्वाचन आयोगबाट मान्यता प्राप्त जसपामै रहने स्पष्ट गरेका थिए ।
यस्तै, बैठकले पार्टीको नियमावली पारित गरेको छ । सरकारमा कस–कसलाई मन्त्री बनाउने भन्नेबारेमा बैठकमा सैद्धान्तिक छलफल भएको खतिवडाले जानकारी दिए ।
बैठकले पार्टीमा एकीकृत भएका समूहहरूसँगको एकीकरण पनि अनुमोदन गरेको छ ।
प्रकाशित मिति: १९:२४ बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











