राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखहरूलाई सपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरूलाई बुधबार साँझ सपथ ग्रहण गराएकी छन्।
काठमाडौं, साउन १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरूलाई बुधबार साँझ सपथ ग्रहण गराएकी छन् ।
गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराएकी हुन् ।
सरकारको सिफारिसमा उनीहरूलाई मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।
प्रकाशित मिति: १९:०२ बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











