गण्डकीका जनमोर्चा सांसद थापालाई पुनर्बहालीका लागि अन्तरिम आदेश अस्वीकार
सर्वोच्च अदालतले जनमोर्चाबाट गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले गरेको पुनर्बहालीका लागि अन्तरिम आदेशको माग अस्वीकृत गरेको छ।
काठमाडौं, साउन १३ : सर्वोच्च अदालतले जनमोर्चाबाट गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले गरेको पुनर्बहालीका लागि अन्तरिम आदेशको माग अस्वीकृत गरेको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले थापालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र सांसदसहितको नयाँ गठबन्धन सरकार निर्माणका क्रममा पार्टी निर्णय उल्लंघन गरेपछिप उनलाई राष्ट्रिय जनमोर्चाले पार्टी सदस्य र सांसदबाट बर्खास्त गरेको थियो । पार्टी निर्णयअनुसार प्रदेशसभामा उनको पद रिक्त भएको थियो । त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रकाशित मिति: १८:०९ बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











