Kathmandu Press

ओलम्पिक पुरुष फुबटल : अन्तिम खेलमा कोरिया र ब्राजिलको सहज जित, जर्मनी बाहिरियाे

काठमाडौं, साउन १३ : जारी ओलम्पिकको पुरुष फुटबलमा दक्षिण कोरिया र ब्राजिलले सहज जित निकालेको छन् । बुधबार दिउँसो भएको खेलमा कोरियाले होन्डुरसलाई ६–०ले...
ओलम्पिक पुरुष फुबटल : अन्तिम खेलमा कोरिया र ब्राजिलको सहज जित, जर्मनी बाहिरियाे

काठमाडौं, साउन १३ : जारी ओलम्पिकको पुरुष फुटबलमा दक्षिण कोरिया र ब्राजिलले सहज जित निकालेको छन् । बुधबार दिउँसो भएको खेलमा कोरियाले होन्डुरसलाई ६–०ले हराउँदा ब्राजिलले साउदी अरेबियालाई ३–१ले हरायो ।

साउदीविरुद्ध ब्राजिललाई जित दिलाउन रिचार्लिसनले २ गोल गरे भने अर्को गोल म्याथुस कुन्हाले गरे । यस्तै साउदीका अब्दुल्लाह अल मारीले एक गोल गरेका थिए।

बुधबार दिउँसो भएको खेलमा कोरियाले होन्डुरसमाथि ६–०को सहज जित निकाल्यो। कोरियाको जितमा वाङ वि जोले ह्याट्रिक गरे भने वाङ डु जेइ, किम जिन या र लि कान इनले गोल गरे।

यसैगरी समूह डीकै अर्को खेलमा जर्मनी र आइभोरी कोस्टले १–१को बराबरी खेलेका छन् । ६७औं मिनेटमा बेन्जामिन हेनरिचले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा आइभोरी कोस्टले अग्रता लियो । ७६औं मिनेटमा इडवार्ड लेविनले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए।

समूम डीबाट २ जित र १ बराबरीसहित ७ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल पुग्यो भने ५ अंक जोडेको आइभोरी कोस्ट दोस्रो हुँदै क्वार्टरफाइनल पुग्यो । ४ अंक जोडेको जर्मनीको उत्कृष्ट क्वार्टरफाइनल पुग्न असपफल भयाे।  

यस्तै, समूह बीको ६अंकसहित शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुग्यो भने ४ अंक जोडेको न्युजिल्यान्ड पनि दोस्रो हुँदै क्वार्टफाइनल पुग्यो । ४ अंकसहित नै समूहमा तेस्रो स्थानमा रहेको रोमानिया भने प्रतियाेगिताबाट बाहिरियाे।
 

प्रकाशित मिति: १७:१४ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्