Kathmandu Press

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिलाई भोलिसम्म समय

कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिलाई प्रतिवेदनको टुंगो लगायत बिहीबारसम्म समय दिएको छ।
कांग्रेस क्रियाशील सदस्यता छानविन समितिलाई भोलिसम्म समय

काठमाडौं, साउन १३ : कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिलाई प्रतिवेदनको टुंगो लगायत बिहीबारसम्म समय दिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकले समितिलाई भोलिसम्मको समय दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबार दिउँसो दुई बजेका लागि पदाधिकारीको अर्को बैठक तय भएको छ । सोही बैठकमा अन्तिम प्रतिवेदन प्रस्तुत गर्न समितिलाई निर्देशन दिइएको छ ।

आजको बैठकमा समितिको प्रतिवेदनमाथि छलफल भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
 

प्रकाशित मिति: १६:३७ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्