Kathmandu Press

थपिए ३८४० कोरोना संक्रमित, ३३ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा देशभर ३८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३३ जनाकाे मृत्यु भएको छ । 
थपिए ३८४० कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं, साउन १३ : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

१५ हजार ८०८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:३५ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्