ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान
टोकियो एक्वाटिक सेन्टरमा भएको महिला १०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धामा गौरिकाले १ मिनेट ०.११ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
काठमाडाैं, साउन १३ : जापानको टोक्योमा आयोजना भइरहेको ओलम्पिक्स २०२० मा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
आफ्नो हिटमा तेस्रो भएकी गौरिकाले यसअघि उनकै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन्। टोकियो एक्वाटिक सेन्टरमा भएको महिला १०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धामा गौरिकाले १ मिनेट ०.११ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
यसक्रममा उनले दक्षिण कोरियामा भएको १८औं फिना विश्व च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ०।६२ सेकेन्डको रेकर्ड तोडेकी हुन्।
प्रकाशित मिति: १६:१७ बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











