‘रेशमलाल चौधरी जसपामै’
काठमाडौं, साउन १३ : निलम्बित सांसद रेशम चौधरी जनता समाजवादी पार्टी (जसपा) मै रहने भएका छन्।जसपा प्रभार विभाग प्रमुख डम्बर खतिवडाले आज (बुधबार) सामाजिक...
काठमाडौं, साउन १३ : निलम्बित सांसद रेशम चौधरी जनता समाजवादी पार्टी (जसपा) मै रहने भएका छन्।
जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आज (बुधबार) सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।
चौधरीले टेलिफोन गरेर केन्द्रीय कार्यकारिणी समितिमै रहने इच्छा व्यक्त गरेको पनि उनले जानकारी दिएका छन्।
चौधरी हाल डिल्लीबजार स्थित केन्द्रीय कारागारमा सजाय काटिरहेका छन्। उनी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपाबाट सांसद निर्वाचित भएका थिए।
‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रस्ट गर्न चाहन्छु,’ खतिवडाले ट्विटरमा लेखेका छन्।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।
आजकै बैठकमा कार्यकारिणी समितिलाई पूर्णता दिने एजेन्डा पनि रहेको छ।











