जसपा बैठकका एजेन्डा : कार्यकारिणीलाई पूर्णता, मन्त्रीको सम्भावित सूची
काठमाडौं, साउन १३ : जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज (बुधबार) जारी बैठकमा कार्यकारिणी...
काठमाडौं, साउन १३ : जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज (बुधबार) जारी बैठकमा कार्यकारिणी समितिलाई पूर्णता दिने, मन्त्रीको सम्भावित सूची तयार पार्ने रहेको जसपा केन्द्रीय कार्यालयले जनाएको छ।
हिजो (मंगलबार) पनि कार्यकारिणी समितिको बैठक बसेको थियो। अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर आज औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ।
पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई कारबाही गर्ने/नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता गरी अन्य पदाधिकारी चयन लगायत एजेन्डामा छलफल केन्द्रित रहेको जनाइएको छ।
प्रकाशित मिति: १५:३० बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











