Kathmandu Press

कोरिया जान रोकिएकाहरूलाई लाने प्रक्रिया तत्काल सुरु हुन्छ : राजदूत पार्क

काठमाडौं, साउन १३ : भाषा परीक्षा उत्तीण गरेर पनि कोरिया जान नपाएकाहरुका लागि खुसीको खबर आएको छ। कोरोनाका कारण कोरिया जानबाट रोकिएकाहरूलाई लाने प्रक्रिया तत्काल...
कोरिया जान रोकिएकाहरूलाई लाने प्रक्रिया तत्काल सुरु हुन्छ : राजदूत पार्क

काठमाडौं, साउन १३ : भाषा परीक्षा उत्तीण गरेर पनि कोरिया जान नपाएकाहरुका लागि खुसीको खबर आएको छ। 

कोरोनाका कारण कोरिया जानबाट रोकिएकाहरूलाई लाने प्रक्रिया तत्काल आरम्भ हुने संकेत नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले गरेका छन्। 

आज (बुधबार) अर्थमन्त्री जनार्दन शर्मासँगको शिष्टाचार भेटमा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरुलाई लैजाने विषयमा आफ्नो देशले प्राथमिकतासाथ सोचिरहेको बताएका हुन्।

भाषा परीक्षा उत्तीण गरेर पनि कोरिया जान नपाउने भनी चिन्तित रहेकाहरुलाई उनको भनाइले पक्कै राहत मिल्नेछ।   

अर्थमन्त्री शर्मालाइ भेटन उनी मन्त्रालयमा पुगेका थिए। अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई जान पाउने वातावरण बनाइदिन आग्रह गरेका थिए ।  

रोकिएको इपिएसको काम तत्काल अघि बढाउन पहल गर्ने वचन उनले दिए। नेपालीको मिहिनेत र इमान्दाीबाट कोरियाली रोजगारदाता खुशी रहेको पनि उनले बताए । 

भेटको क्रममा अर्थमन्त्री शर्मा र राजदूत पार्क कोभिड-१९ विरुद्धको अभियानमा सहयोगलगायत विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्