Kathmandu Press

अण्डाको मूल्य प्रतिक्रेट ८० रुपैयाँ बृद्धि

चितवन, असार २४ : कुखुराको अण्डाको मूल्य बृद्ध भएको छ। प्रतिक्रेट ८० रुपैयाँ बढेको हो। तैपनि किसानको लागत अनुसारको मूल्य भने पुगेको छैन।

नेपा....

अण्डाको मूल्य प्रतिक्रेट ८० रुपैयाँ बृद्धि

चितवन, असार २४ : कुखुराको अण्डाको मूल्य बृद्ध भएको छ। प्रतिक्रेट ८० रुपैयाँ बढेको हो। तैपनि किसानको लागत अनुसारको मूल्य भने पुगेको छैन।

नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको मूल्य बढाएको हो। संघका अनुसार, प्रतिक्रेट दुई सयमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य दुई सय ८० पुगेको छ।त्यस्तै सानो अण्डाको मूल्य भने दोब्बर भएको छ। यस अघि प्रतिक्रेट एक सय १५ रुपैयाँमा पाइने सानो अण्डाको भाउ बढाएर प्रतिक्रेट दुई सय ३० रुपैयाँ पुगाएको छ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० पर्दछ। अहिले बढेको अण्डाको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्छ।अहिले दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गरेको छ। यो संख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलले बताए।

अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन्। यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको उनले बताए। पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए। यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ।

सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले अण्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताए। तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट तीन सय ६० पुगेको थियो। गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ।

पोख्रेलका अनुसार नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ। जहाँ एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। लेयर्स कुखुरामा मात्र एक अर्बभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ। दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सकेमा टिक्नसक्ने उनले बताए। (रासस)

प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्