Kathmandu Press

सांसद पदमा पुनर्बहालीको माग राख्दै पूर्वमाओवादी नेता रायमाझी सर्वोच्च अदालतमा

काठमाडौं, साउन १३ : सांसद पदमा पुनर्बहालीको माग राख्दै पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। माओवादी केन्द्रको कारबाहीका कारण प्रतिनिधिसभा सदस्य...
सांसद पदमा पुनर्बहालीको माग राख्दै पूर्वमाओवादी नेता रायमाझी सर्वोच्च अदालतमा

काठमाडौं, साउन १३ : सांसद पदमा पुनर्बहालीको माग राख्दै पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

माओवादी केन्द्रको कारबाहीका कारण प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएकाे भन्दै उनले सर्वोच्च अदालत गुहारेका हुन्। 

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद सचिवालयले आफूलाई सांसद पदबाटै मुक्त गर्ने निर्णय संविधान भएको उनको तर्क छ। 

प्रचण्डले गत चैत २६ गते ती सांसदहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको थियो। उक्त कारबाही माओवादीको विधानविपरीत समेत रहेको उनको जिकिर छ। 

उनले आफूले दल त्याग नगरेको दाबी गरेका छन्। निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफू माओवादी केन्द्रकै सदस्य रहेको उनको भनाइ छ।

आफूमाथिको सदस्यता खारेजको निर्णय बदरभागी हुनुपर्ने माग उनले अघि सारेका छन्।

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्