Kathmandu Press

कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिकाे प्रतिवेदनमाथि छलफल

काठमाडौं, साउन १३ : सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा थालिएकाे...
कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिकाे प्रतिवेदनमाथि छलफल
फाइल तस्बिर

काठमाडौं, साउन १३ : सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा थालिएकाे बैठकमा क्रियाशील सदस्य छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ। 

समस्या समाधान गर्न जिम्मा पाएको समितिले नै समस्या समाधान नगरी प्रतिवेदन बुझाएपछि आजको बैठकले समस्या कसरी समाधान गर्ने भन्नेबारे निष्कर्ष निकाल्ने जनाइएको छ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा. प्रकाशशरण महत र सुनिलबहादुर थापा छन्

त्यसैगरी कोषाध्यक्ष सीतादेवी यादव, गृहमन्त्री तथा प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल, डा.रामशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मालगायत पनि बैठकमा सहभागी छन्।

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्