गुल्मीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु
गुल्मी, साउन १३ : गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै...
गुल्मी, साउन १३ : गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप सिकोट नगरपालिका–४ दोभान भन्ने ठाउँमा दुर्घटना भएको हो।
जीप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएकाे छ।
जिपमा चालकसहित १० जना सवार थिए। तीमध्ये तीनैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
मृत्यु हुनेमा चन्द्रकोट–४ का तेजेन्द्र थापा र वडा ५ का रेशम कार्की छन् । मृतक एकजनाको पहिचान हुन बाँकी रहेकाे प्रहरीले जनाएके छ।
घाइतेमध्ये एक जनाजनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सबै घाइतेको उद्धार गरी उपचारार्थ अस्पताल लाँदै गरिएको गुल्मी प्रशासनको भनाइ छ।
प्रकाशित मिति: १३:१० बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











