Kathmandu Press

‘पावर सेयरिङ’को विषय टुंग्याउँदै सत्ता गठबन्धनका शीर्ष नेताहरू

सत्ता गठबन्धनले बुधबार साँझ अर्को बैठक बसेर ‘पावर सेयरिङ’को विषय टुंगो लगाउने तयारीमा शीर्ष नेताहरू जुटेका छन् ।
‘पावर सेयरिङ’को विषय टुंग्याउँदै सत्ता गठबन्धनका शीर्ष नेताहरू

काठमाडौं, साउन १३ : सत्ता गठबन्धनले बुधबार साँझ अर्को बैठक बसेर ‘पावर सेयरिङ’को विषय टुंगो लगाउने तयारीमा शीर्ष नेताहरू जुटेका छन् ।

शुक्रबारसम्ममा सबै विषय टुंगो लगाएर मन्त्रिण्डल विस्तार गर्ने तयारीमा सत्ता गठबन्धनका पाँच दल जुटेका हुन् ।

बुधबार बसेको गठबन्धनका नेताहरूको बैठकले सम्भव भएसम्म आजै पावर सेयरिङको विषय टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बुधबार बिहानको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । सकेसम्म चाँडो मन्त्रिमण्डललाई पूर्णता दिनुपर्ने कुरामा गठबन्धनमा सहमति जुटेको छ ।

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्