माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं, साउन १३ : माओवादी केन्द्रको आज (बुधबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण बैठक...
काठमाडौं, साउन १३ : माओवादी केन्द्रको आज (बुधबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। सत्ता गठबन्धनको बैठकका कारण प्रचण्ड वयस्त भएको बताइएको छ।
हिजो (मंगलबार) पनि स्थायी कमिटीको बैठक बसेको थियो। सोही बैठकले आजको बैठकमा माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो।
आज बिहान प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मेवारी दलका शीर्ष नेताहरूलाई दिने सहमति गरेको जनाइउको छ।
प्रकाशित मिति: १२:४३ बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











