Kathmandu Press

लुम्बिनीका निवर्तमान प्रदेश प्रमुखको बिदाइ

काठमाडौं, साउन १३ : लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख धर्मनाथ यादवलाई बिदाइ गरिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेसँगै...
लुम्बिनीका निवर्तमान प्रदेश प्रमुखको बिदाइ

काठमाडौं, साउन १३ : लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख धर्मनाथ यादवलाई बिदाइ गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेसँगै निवर्तमान प्रदेश प्रमुख यादवलाई बिदाइ गरिएको हो। 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाले २०७६ कात्तिक १८ गते तत्कालीन प्रदेश प्रमुख उमाकान्त झालाई पदमुक्त गरी लुम्बिनी प्रदेश प्रमुखमा यादवलाई नियुक्त गरेको थियो।

मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्ति गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई पदमुक्त गरी शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।

मंगलबार प्रदेश प्रमुखमा शेरचन नियुक्त भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तथा प्रदेश प्रमुख कार्यालयले बुधबार यादवलाई बिदाइ गरेका हुन्।


 

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्