Kathmandu Press

राष्ट्रपति भण्डारीले गरिन् युद्ध सङ्ग्रहालयको उद्घाटन

सिन्धुली, साउन १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छन्। ​नेपाली सेनाले झण्डै सात करोड रुपैयाँ लगानीमा...
राष्ट्रपति भण्डारीले गरिन् युद्ध सङ्ग्रहालयको उद्घाटन
तस्बिर : रासस

सिन्धुली, साउन १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छन्। ​

नेपाली सेनाले झण्डै सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएपछि आज राष्ट्रपतिबाट उद्घाटन गरिएको हो। आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले वि।स। १८२४ को युद्धमा अंग्रेजहरुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गरे। 

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो। भवनको डिजाइनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो। यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिश योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए। 

प्रकाशित मिति: ११:०८ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्