Kathmandu Press

वडा अधिवेशनको नयाँ मिति तोक्ने कांग्रेसको तयारी

काठमाडौं, साउन १३ : क्रियाशील सदस्यता विवादका कारण स्थगित गरिएको वडा अधिवेशनको नयाँ मिति तोक्ने नेपाली कांग्रेसले तयारी गरेको छ।यसका लागि आज बिहान...
वडा अधिवेशनको नयाँ मिति तोक्ने कांग्रेसको तयारी

काठमाडौं, साउन १३ :क्रियाशील सदस्यता विवादका कारण स्थगित गरिएको वडा अधिवेशनको नयाँ मिति तोक्ने नेपाली कांग्रेसले तयारी गरेको छ।

यसका लागि आज बिहान ११ बजे कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आजको बैठकमा महाधिवेशनको कार्यकालिकाबारे छलफल हुने जनाइएको छ। त्यस्तै, क्रियाशील सदस्यता छानविन समितिले दिएको प्रतिवेदनबारे पनि छलफल हुने भएको छ।

छानविन समितिले बुधबार कांग्रेस सभापति देउवालाई प्रतिवेदन बुझाएको छ। समितिले प्रतिवेदन बुझाएसँगै महाधिवेशनको बाटो खुलेको छ।

यस विषयमा छलफल गर्न बुधबार पनि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको थियो। तर, छानविन समितिले प्रतिवेदन बुझाउने भएपछि बैठक स्थगित गरिएको थियो।

प्रकाशित मिति: ०८:३६ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्