Kathmandu Press

आज पनि बस्दै जसपा कार्यकारिणी समिति बैठक

काठमाडौं, साउन १३ : जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्न लागेको छ।केन्द्रीय कार्यकारिणी समितिलाई पूर्णता दिनका लागि आज...
आज पनि बस्दै जसपा कार्यकारिणी समिति बैठक

काठमाडौं, साउन १३ : जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्न लागेको छ।

केन्द्रीय कार्यकारिणी समितिलाई पूर्णता दिनका लागि आज बैठक बस्न लागेको हो। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिबाट महन्थ ठाकुरसहित १७ जनालाई हटाइएको छ। उनीहरुको ठाउँमा आज नयाँ सदस्य थप्न बैठक बस्न लागेको हो।

आज दिउसो १ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राई जनाएका छन्।

जसपाको आधिकारिकताका लागि सनाखत गर्दा यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए। रेशम चौधरी तटस्थ बसेका थिए। बुधबार बसेको बैठकले ठाकुरसहित १६ र तटस्थ बसेका चौधरीलाई पनि हटाएको हो।

 

प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्