Kathmandu Press

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, साउन १३ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ।आज बिहान ९ बजे बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर...
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, साउन १३ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ।

आज बिहान ९ बजे बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेता सहभागी हुनेछन्।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायका विषयमा छलफल हुने जनाइएको छ। अहिले ६ सदस्य मन्त्रिपरिषद् रहेको छ।

नेपाली कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन्। कांग्रेस र माओवादीबाट मन्त्री थप्ने तथा जसपा र जनमोर्चाको सहभागिताबारे पनि छलफल हुने जनाइएको छ।

यादव पक्षले जसपाको आधिकारिकता पाएसँगै सरकारीमा सहभागी हुने तयारी गरेको छ। त्यस्तै, जनमोर्चालाई पनि सरकारमा सहभागी हुन गठबन्धनले आग्रह गरेको छ। तर, जनमोर्चाले निर्णय गरिसकेको छैन।

यससँगै आजको सत्तारुढ गठबन्धनको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्