Kathmandu Press

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख बर्खास्त, गुरुङ र शेरचन नियुक्त (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरू सीतादेवी पौडेल र धर्मनाथ यादवलाई पदबाट बर्खास्त गरेकी छन् । उनीहरूको ठाउँमा पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई नियुक्त गरिएको छ ।
राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख बर्खास्त, गुरुङ र शेरचन नियुक्त (विज्ञप्तिसहित)

काठमाडौं, साउन १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरू सीतादेवी पौडेल र धर्मनाथ यादवलाई पदबाट बर्खास्त गरेकी छन् । उनीहरूको ठाउँमा पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को मंगलबारको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रदेश प्रमुखहरूलाई पदमुक्त र नयाँ नियुक्ति गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले पौडेल र यादवलाई पदबाट हटाउँदै उनीहरूको ठाउँमा गुरुङ र शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवाको सिफारिसबमोजिम राष्ट्रपतिले पदमुक्त र नयाँ नियुक्ति गरेकी हुन् ।


 

प्रकाशित मिति: २०:४२ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्