६ बुँदे सहमतिपछि केन्द्रीय कार्यालयमा अनशनरत कांग्रेस नेताले अनशन तोडे
काठमाडौं, साउन ११ : क्रियाशील सदस्यता विवादको बिषयमा पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका धनुषा, रौतहट, बारा लगायतका जिल्लाका नेपाली कांग्रेसका नेता, कार्यकर्ताले अनशन...
काठमाडौं, साउन ११ : क्रियाशील सदस्यता विवादको बिषयमा पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका धनुषा, रौतहट, बारा लगायतका जिल्लाका नेपाली कांग्रेसका नेता, कार्यकर्ताले अनशन तोडेका छन् ।
१० दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसेका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारा लगायतका नेता, कार्यकर्तासँग मंगलबार ६ बुँदे सहमति भएसँगै अनसन तोडेका हुन् ।
उनीहरुको माग सम्बोधन गर्ने सहमतिमा पार्टीको तर्फबाट नेता डा.रामशरण महत र सहमहामन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेका छन् । आफूहरुमाथि न्याय हुने अपेक्षाका साथ आमरण अनशन तोडेको नेताहरुले जनाएका छन् ।
काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले अनशन बसेकाहरुको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: १९:४० बजे, मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











