Kathmandu Press

जसपाको निर्णय- लुम्बिनीका तीन प्रदेश सांसद बर्खास्त

जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना निर्वाचित तीनजना सांसदलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
जसपाको निर्णय- लुम्बिनीका तीन प्रदेश सांसद बर्खास्त

काठमाडौं, साउन १२ : जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना निर्वाचित तीनजना सांसदलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको मंगलबारको बैठकले सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पदबाट हटाउने निर्णय गरेको हो ।

उनीहरू पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी छन् । यसअघि पनि बर्खास्तीमा परेका उनीहरूको पद सर्वोच्च अदालतको आदेशपछि थमौती भएको थियो ।

अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि फेरि उनीहरूलाई पदबाट हटाउने निर्णय गरिएको हो ।

यसअघि लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपा सांसद सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर यादव पक्षमा खुलेकी थिइन् ।
 

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्