Kathmandu Press

अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, साउन १२ : अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ। आज (मंगलबार) अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री...
अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, साउन १२ : अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ। 

आज (मंगलबार) अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पपछिको उद्धार र कोरोना महामारीका बेला अमेरिकाले गरेको सहयोग अविस्मरणीय रहेको भनी सरकारका तर्फबाट धन्यवाद व्यक्त गरे।   

कोभिडविरुद्धको खोप आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरणको विश्वास उनले व्यक्त गरे। अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजना कार्यान्वयन र अनुगमनमा तदारुकता दिने बताए। 

राजदूत बेरीले कोरोनाविरुद्धको लडाईंमा अमेरिकाले नेपाललाई साथ दिने बताए। 

उनले खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताए।

नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्