Kathmandu Press

लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख फेरिए- लुम्बिनीमा शेरचन, गण्डकीमा गुरुङ

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीबहादुर गुरुङलाई सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख फेरिए- लुम्बिनीमा शेरचन, गण्डकीमा गुरुङ

काठमाडौं, साउन १२ : सरकारले लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीबहादुर गुरुङलाई सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

शेरचन माओवादी केन्द्र र गुरुङ कांग्रेसको सिफारिसमा प्रदेश प्रमुख बन्ने भएका हुन् ।

यसअघि गण्डकी प्रदेश प्रमुख रहेका शेरचनलाई २० वैशाखमा हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरिएको थियो । पौडेललाई हटाएर सरकारले गुरुङलाई गण्डकीको प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

हाल लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदबाट हटाउने निर्णय सरकारले गरेको छ । १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुख बनेका यादव यसअघि मुख्यमन्त्री शंकर पोखरेलसँग मर्यादाविपरीत साँठगाँठ देखिएपछि विवादित बनेका थिए ।

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्